Kath khabar
काठमाडौं महानगर "स्विस टुरिजम अवार्ड २०२३"का लागि छनोट


                काठमाडौं, साउन २ ।  काठमाडौं महानगरपालिका ‘स्विस टुरिजम अवार्ड २०२३’का लागि छनोट भएको छ। यसै वर्षको नोभेम्बर ३ देखि ५ सम्म स्विजरल्यान्डको लुगानोमा हुने अवार्ड कार्यक्रमका लागि काठमाडौं महानगरपालिका छनोट भएको हो।

‘यस क्षेत्रका आयामिक पक्षलाई आम जनता बीच परिचित गराउने, पर्यटन गन्तव्यहरूको विशिष्टतालाई प्रवर्द्धन गर्ने यस कार्यक्रममा यहाँको उपस्थितिका लागि निमन्त्रणा गर्दछौँ,’ आयोजकले पठाएको पत्रको व्यहोरा उद्धृत गर्दै महानगरले जनाएको छ।

काठमाडौंको सांस्कृतिक, धार्मिक र पुरातात्विक इतिहास, मूर्त-अमूर्त सम्पदा र जीवन्त शहरी वातावरणले आगन्तुकलाई मोहित बनाउने गरेको आयोजकले जनाएको छ।

यो अवार्डका लागि स्थानीय तह (महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका)ले आवेदन दिन सक्छन्। आवेदकहरू मध्येबाट निश्चित संख्यामा अवार्डका लागि मनोनयन गरिन्छ।

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update