Kath Khabar
क्राईम थ्रिलर वेबसिरिज “अघोरी“ मा रेमन दास श्रेष्ठको इन्ट्री

काठमाडौ, बैशाख २
ह्यापी रेकोर्ड्स नेपालले निर्माण गर्न लागेको वेबसिरिज “अघोरी“ मा रेमन दास श्रेष्ठ मुख्य भूमिकामा देखिनुहुने भएको छ । रेमनदास संगै सुमन चित्रकार श्रेष्ठ, सपना तामांग, किरण स्यान्ग्तान, सिरन बज्राचार्य, निश्चल जुङ्ग, अमिसा, तृप्ति लगायत कलाकारहरु फाइनल भैसकेको निर्देशक सुजन मानन्धरले बताउनुभएको छ । 
यससअघि तिम्रो ल्याङ्ग ल्याङ्ग नामक वेबसिरिज निर्माण गरेको कम्पनीले यसपटक केहि फरक कार्यक्रम दर्शकलाई पस्किने कोशिश गर्नेछ । क्राइम थ्रिलर भएकोले मकेअपको जिम्मा अमृत मरथालाई सुम्पिएको छ । अघोरिको कथा सुमन चित्रकार श्रेष्ठले लेख्नुुभएको हो भने संगीतको काम रिकेश मानन्धरले गर्नुभएको हो । बाललाकारकोरूपमा आयुष रिजालले भूमिका निर्बाह गर्नुभएको छ । निश बज्राचार्यको छायांकन रहने छ भने सुजन मानन्धरको सम्पादन र निर्देशन रहने छ  । 
सिर्जना सूत्रको सहकार्यमा गरिएको अडिशनबाट छानिएकाहरुको नाम भने विजया कार्की, चाँदनी शाही, राम लगायत कलाकारहरु फाइनल गरेको निर्माण पक्षले जानकारी दिएको छ ।   
 

प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  २३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update