Kath Khabar
ला ला ल्यान्डका साथमा कपिल

काठमाडौं, असार ५ । लामो समयदेखि गायनमा सक्रिय रहनु भएका कपिल सापकोटाले आफ्नो नयाँ गीत ला ला ल्यान्ड सार्वजनिक गर्नुुभएको छ । सार्वजनिक भएको छोटो समयमै यस गीतले युट्युबमा दुुई लाख ६० हजारभन्दा धेरै भ्युज पाइसकेको छ ।

मेक मनी रेकर्डस्को युट्युब च्यानलबाट सार्वजनिक गीतलाई मिस्टा चाम्लिङले मिक्सिङ तथा मास्टरिङ गर्नुभएको हो । डिप स्पेस डटकोले गीतको भिडियो निर्माण गरेको छ ।

गायक सापकोटा फरक-फरक स्वादका गीतहरु गाउन रुची राख्नुुहुुन्छ । उहाँले चाडैं नै अर्को गीत सार्वजनिक गर्ने तयारी गर्नुभएको छ । ‘मलाई फरक स्वादका गीतहरु गाउन मनपर्छ । दर्शक र शुभचिन्तकहरुको साथले नै संगीतमा लाग्न हौसला मिलिरहेको छ,’ कपिलले भन्नुभयो ।  

 

प्रकाशित मिति: शनिबार, असार ५, २०७८  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update