Kath khabar
कालिखोलामा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक दुईतर्फी अवरुद्ध
File Photo

 

                 काठमाडौं, साउन ९ । नारायणगढ-मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका-४ स्थित कालिखोलामा मंगलबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो । सो सडकखण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएको प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरो पन्छाउने क्रम सुरु गरिए पनि पानी परिरहेकाले पहिरो पन्छाउन कति समय लाग्ने भन्न नसकिने जानकारीमा आएको छ ।  

 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update