Kath khabar
भगवान गणेशलाई कतिवटा दुबो चढाउँदा कुन फल प्राप्त हुन्छ ?


                   काठमाडौं, साउन ९ । हिन्दु परम्पराअन्तर्गत गरिने सम्पूर्ण धार्मिक कार्यहरू गर्दा पहिला गणेशको पूजा नगरेसम्म अरु कुनै देवी-देवताहरुको पूजा गरिँदैन । गणेशको पूजा गर्दा तुलसीबाहेक प्रायः अरु सबै पुष्प, पत्र, चढाउन सकिन्छ । सामान्यतया हरेक खालको पूजा पाठ र हवनको समय दुबो प्रयोग गर्ने गरिन्छ ।

दुबो एक प्रकारको घाँस हो, जुन गणेशलाई मन पर्छ । गणेशलाई दुबो चढाउँदा मुन्टा आफूतिर फर्काएर चढाउने गर्नुपर्छ । दुबो लगायतका अन्य पत्र, फूलहरू चढाउँदा माझीऔँला, साहिँलीऔँला, बुढीऔँला गरी यी तीन औँलाले समातेर मात्र चढाउनु पर्दछ । गणेशलाई चढाउने दुबो कलिलो हुनुपर्छ । दूबोको पातहरु ३, ५, ७ को बिजोर संख्याहरुमा हुनुपर्छ ।

गणेशलाई कतिवटा दुबो चढाउँदा कुन फल प्राप्त हुन्छ ?
- ५ वटा दुबो चढाउँदा मनोवाञ्छित फल प्राप्त हुन्छ ।
- ७ वटा दुबो चढाउँदा घरको कलह समाप्त हुन्छ ।
- ९ वटा दुबो चढाउँदा घरको नकारात्मक उर्जा हरण हुन्छ ।
- २१  वटा दुबो चढाउँदा सन्तान प्राप्ति हुन्छ ।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update