Kath khabar
एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई बक्सिङ महासङ्घले नगद पुरस्कार सहित सम्मान गर्ने

 

               काठमाडौं, साउन १५ ।  नेपाल बक्सिङ महासङ्घले एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार सहित सम्मान गर्ने घोषणा गरेको छ ।

महासङ्घको नवनिर्वाचित कार्यसमिति बैठकले एसियन गेम्समा पदक जित्ने खेलाडी नगद पुरस्कार सहित सम्मान गर्ने घोषणा गरेको हो ।

बैठकले चीनमा हुने एसियन गेम्समा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही १० लाख, रजत जित्नेलाई ५ लाख र काँस्य पदक जित्ने खेलाडीलाई २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरिएको हो ।

यस्तै, बैठकले सातै प्रदेश र विभिन्न जिल्लाबाट सङ्कलन गरी भदौ महिना भित्र वार्षिक क्यालेन्डर समेत प्रकाशन गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update