Kath khabar
महिला विश्वकप : अस्ट्रेलिया र नाइजेरिया अन्तिम १६ मा

 

                 मेलबर्न, असार १५ ।  अस्ट्रेलिया र नाइजेरिया समूह 'बी' बाट महिला विश्वकप फुटबलको अन्तिम १६ मा पुगेका छन् ।

आज सोमवार घरेलु मैदान मेलबर्नमा भएको खेलमा क्यानडालाई ३-० गोलले हराउँदै आयोजक अस्ट्रेलियाले नकआउटमा स्थान पक्का गरेको हो । अस्ट्रेलियाका लागि हेली रसोले २ तथा म्यारी फोलर र स्टेफेन क्याटलीले १/१ गोल गरिन् । अस्ट्रेलिया ३ खेलमा ६ अङ्कसहित शीर्ष स्थानमा रहेर अन्तिम १६ मा पुगेको हो । क्यानडा ३ खेलमा ४ अङ्कसहित तेस्रो स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ ।

आजै अस्ट्रेलियाको सनकोर्प स्टेडियममा भएको खेलमा नेदरल्यान्ड्ससँग गोलरहित बराबरी खेल्दै नाइजेरिया अन्तिम १६ मा पुगेको छ । नाइजेरिया ३ खेलमा ५ अङ्कसहित दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको हो । नेदरल्यान्ड्स ३ खेलमा १ अङ्कसहित पुछारमा रहँदै बाहिरिएको छ ।

अस्ट्रेलिया र न्युजिल्यान्डमा भइरहेको नवौँ संस्करणको फाइनल खेल आउँदो अगस्ट २० मा स्टेडियम अस्ट्रेलियामा हुनेछ ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update