Kath khabar
फिफा महिला विश्वकप अन्तर्गत आज ४ खेल हुँदै

 

                काठमाडौं, साउन १७ ।  फिफा महिला विश्वकप फुटबल अन्तर्गत आज ४ वटा खेल हुँदैछन् ।

आज समूह डी का अर्जेन्टिना र स्वीडेन तथा दक्षिण अफ्रिका र इटाली खेल्दैछन् । दुवै खेल नेपाली समय अनुसार दिउँसो १२:४५ बजे हुनेछन् ।

यस्तै दिउँसो पौने ४ बजे हुने खेलमा समूह एफका पानमा र फ्रान्स तथा जमैका र ब्राजिल खेल्दैछन्।

हिजो भएको खेलबाट इंग्ल्याण्ड, डेनमार्क, अमेरिका र नेदरल्याण्ड्स अन्तिम १६ मा पुगेका छन् । इंग्ल्याण्डले चीनलाई, डेनमार्कले हैटीलाई र नेदरल्याण्ड्सले भियतनामलाई हराउँदै अन्तिम १६ मा पुगेका हुन् ।

अमेरिकाले पोर्चुगलसँग बराबरी खेल्दै अन्तिम १६ मा पुगेको हो । महिला विश्वकप फुटबलमा ३२ देश सहभागी छन् । ८ वटा समूहबाट २/२ वटाका दरले १६ वटा देश नकआउट चरणमा पुग्नेछन् ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update