Kath khabar
प्रथम पटक एसिया रग्बी नेपालमा हुने


               काठमाडौं, साउन १७ ।  ‘एसिया रग्बी यू-२० सेभेन्स’ महिला तथा पुरुष च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ। नेपाल रग्बी संघद्वारा आगामी भदौ २ र ३ गते आयोजना हुने उक्त प्रतियोगितामा पुरुष तर्फ विभिन्न ७ र महिला तर्फ ३ राष्ट्रको सहभागिता छ। 

प्रतियोगिताबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका महासचिव गोविन्द घिमिरेले पुरुष तर्फ आयोजक नेपाल सहित भारत, थाइल्यान्ड, चाइनिज ताइपेई, हङकङ र उज्वेकिस्तानको सहभागिता रहनेछ। 

त्यस्तै, महिला तर्फ नेपाल, थाइल्यान्ड र मलेसिया छन्। उक्त प्रतियोगिताको विजेता टोलीले एसिया रग्बीको ट्रफी प्राप्त गर्नेछ। उक्त प्रतियोगिताका लागि गत गत असार १५ गतेदेखि महिला तथा पुरुष टोलीको बन्द प्रशिक्षण पोखरामा भइरहेको आयोजकले जनाएको छ।

उक्त प्रतियोगिताका लागि करिब रु. ७२ लाख खर्च लाग्ने आयोजकको भनाइ छ। उक्त प्रतियोगिताको खेल भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update