Kath khabar
महिला विश्वकप अन्तर्गत आज समूह चरणको अन्तिम २ खेल हुँदै

 

                 काठमाडौं, साउन १८ ।  फिफा महिला विश्वकप फुटबलमा आज समूह चरणको अन्तिम खेल हुँदैछन् । अस्ट्रेलिया र न्युजिल्यान्डमा संयुक्त रुपमा भइरहेको महिला विश्वकपमा आज समूह चरणको अन्तिम २ खेल हुँदैछन् ।

आज हुने समूह 'एच' को खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ । यो समूहमा रहेका दक्षिण कोरिया र जर्मनी तथा मोरक्को र कोलम्बिया खेल्दैछन् ।

कोलम्बिया ६ अङ्कका साथ शीर्ष स्थानमा छ । जर्मनी र मोरक्को ३-३ अङ्कसहित दोस्रो र तेस्रो स्थानमा छन् । दक्षिण कोरियाले अङ्क जोड्न सकेको छैन । हिजो भएका खेलमा स्विडेन, दक्षिण अफ्रिका र फ्रान्स विजयी भएका छन् । ब्राजिल र जमैकाले गोल रहित बराबरी खेलेपछि ब्राजिल समूह चरणबाटै बाहिरिएको छ ।

त्यस्तै, स्विडेनसँग पराजित अर्जेन्टिना पनि विश्व कपबाट बाहिरिएको छ । ३२ देश सहभागी महिला विश्व कप आउँदो अगस्ट २० तारिखसम्म चल्नेछ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update