Kath khabar
महिला विश्वकप : आज नकआउट चरणका २ खेल हुँदै

 

                     काठमाडौं, साउन २२ ।  फिफा महिला विश्वकप फुटबलमा सोमबार नकआउट चरणका २ खेल हुँदैछ ।

पहिलो खेलमा नाइजेरियाले इंग्ल्याण्डको सामना गर्नेछ । युरोपियन च्याम्पियन इंग्ल्याण्डलाई जारी विश्वकपको उपाधि दावेदारको रुपमा हेरिएको छ । इङ्ल्यान्ड र नाइजेरियाको खेल दिउँसो सवा १ बजे हुनेछ।

समुह चरणमा ३ खेलबाट ९ अंक जोडेको इंग्ल्याण्डले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । नाइजेरिया भने समुह चरणमा ५ अंक जोड्दै उपविजेताको रुपमा राउण्ड अफ सिक्सटिन (१६)मा पुगेको हो ।

यस्तै, दिउँसो सवा ४ बजे अस्ट्रेलिया र डेनमार्क खेल्नेछन् । सोमबार हुने दोस्रो खेलमा आयोजक अष्ट्रेलियाले डेनमार्कको सामना गर्नेछ । समुह 'बि' को विजेता अष्ट्रेलियाले समुहका तिनमध्ये २ खेल जितेको थियो भने १ खेल बराबरी गरेको थियो । उता डेनमार्कले समुह चरणका २ खेल जित्दा १ खेल गुमाएको थियो ।

महिला विश्वकपमा आइतबारका खेलहरु जित्दै स्विडेन र नेदरल्याण्ड्स क्वाटरफाइनलमा पुगेका छन् । यस्तै, अस्ट्रेलिया ६ अङ्क सहित समूह 'बी' को शीर्ष स्थानमा छ । ६ अङ्क नै रहेको डेनमार्क भने समूह 'डी' को दोस्रो स्थानमा छ। 

स्विडेनले ४ पटकको विश्वविजेता अमेरिकालाई सडन डेथमा पराजित गर्दा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई २-० ले हराएको हो ।

 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update