Kath khabar
महिला विश्वकप फुटबल : आज राउण्ड अफ सिक्सटिनका अन्तिम २ खेल हुँदै

 

                 काठमाडौं, साउन २३ ।  फिफा महिला विश्वकप फुटबलमा मंगलबार राउण्ड अफ सिक्सटिनका अन्तिम २ खेल हुँदैछन् ।

अष्ट्रेलियाको मेलबर्नमा दिउँसो पौन २ बजे शुरु हुने खेलमा कोलम्बियाले जमैकाको सामना गर्नेछ । कोलम्बिया समुह ‘एच’ को विजेता तथा जमैका समुह ‘एफ’ को उपविजेतको रुपमा नक आउट चरणमा पुगेका हुन् । यो खेलको विजेताले क्वाटरफाइनलमा इंग्ल्याण्डसँग खेल्नुपर्नेछ ।

मंगलबार पौने ५ बजे अष्ट्रेलियाको एडलेडमा हुने खेलमा फ्रान्स र मोरक्को भिड्नेछन् । फ्रान्स समुह ‘एफ’ को विजेता तथा मोरक्को समुह ‘एच’ को उपविजेताको हैसियतमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो ।

आयोजक अष्ट्रेलिया सहित ६ टोली इङ्ग्ल्यान्ड, स्वीडेन, नेदरल्यान्ड्स , जापान र स्पेन यसअघि नै क्वाटरफाइनलमा पुगिसकेका छन् । सहआयोजक न्युजिल्यान्ड समूह चरणको अन्तिम खेलमा स्विट्जरल्यान्डसँग गोलर हित बराबरीमा रोकिए पछि बाहिरिएको थियो ।

फ्रान्स र मोरक्को बिचको विजेताले क्वाटरफाइनलमा अष्ट्रेलियाको सामना गर्नेछ । प्रतियोगिताको अन्य २ क्वाटरफाइनल खेलहरुमा स्पेन र नेदरल्याण्ड्स तथा जापान र स्विडेन भिड्नेछन् । महिला विश्वकप फुटबलका क्वाटरफाइनल खेलहरु अगष्ट ११ देखि शुरु हुनेछ । महिला विश्व कप अगस्ट २० तारिखसम्म चल्नेछ ।


 

 

 

 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update