Kath khabar
फिफा विश्वकप २०२६ छनोट अन्तर्गत नेपाल र म्यानमारले २ मैत्रीपूर्ण फुटबल खेल्ने

 

               काठमाडौं, साउन २३ ।  फिफा विश्वकप २०२६ छनोट अन्तर्गत प्रारम्भिक चरण खेल्न लागेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले म्यानमारसँग २ मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

विश्वकप छनोटअन्तर्गत प्रारम्भिक चरण खेलको तयारी स्वरूप नेपालले म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

मैत्रीपूर्ण खेल म्यानमारको याङ्गुनमा सेप्टेम्बर ८ र ११ तारिखमा हुनेछ । नेपालले अक्टोबर १२ र १७ मा लाओससँग प्रारम्भिक चरणको खेल खेल्नेछ ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update