Kath khabar
एसिया कपका क्रिकेटका लागि नेपाली टोलीको घोषणा

 
 
                      काठमाडौं, साउन २९ । एसिया कप क्रिकेटका लागि नेपालले टिम घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले एसिया कप क्रिकेटका लागि सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टिम घोषणा गरेको हो ।

१७ सदस्यीय टोलीमा कप्तान रोहित पौडेल सहित कुशल भुर्तेल, सन्दिप लामिछाने, करन केसी, ललित राजबंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र गुल्सन झा छन् । यस्तै, आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, प्रतिस जिसी, किशोर महतो, सन्दिप जोरा, अर्जुन साउद र श्याम ढकाल पनि नेपाली टोलीमा छन् ।

अगष्ट ३० देखी सेप्टेम्बर १७ सम्म हुने एसिया कप पाकिस्तान र श्रीलंकामा हुनेछ । समूह ए मा भारत, पाकिस्तान र नेपाल छन् भने समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update