Kath khabar
महिला विश्वकप फुटबलको सेमिफाइनलका खेलमा आज स्पेन र स्वीडेन खेल्दै

 

                सिड्नी, साउन ३० ।  फिफा महिला विश्वकप फुटबलको फाइनलमा पुग्न आज स्पेन र स्वीडेन खेल्दैछन् । पहिलो सेमिफाइनलको खेल नेपाली समय अनुसार आज पौने २ बजे हुँदैछ ।

स्वीडेनले क्वाटरफाइनलमा जापानलाई तथा स्पेनले नेदरल्यान्ड्सलाई हराएको थियो । आज विजयी हुने टोलीले उपाधिका लागि भोलि हुने अस्ट्रेलिया र इङ्ग्ल्यान्ड बीचको विजेतासँग खेल्नेछ । अस्ट्रेलिया यो विश्वकपको आयोजक टोली हो ।

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको दोस्रो सेमिफाइनल भोलि अष्ट्रेलियाको सिड्नीमा हुनेछ । गएको जुलाई २० तारिख देखि शुरु भएको महिलाविश्व कपमा ३२ टोली सहभागी थिए । फाइनल खेल अगस्ट २० तारिखमा हुनेछ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update