Kath khabar
रोनाल्डोको २ गोलसँगै अल नासरले जित्यो अरब क्लब च्याम्पियन्स कप

 

                काठमाडौं, साउन ३० ।  साउदी प्रो क्लब अल नासरले अरब क्लब च्याम्पियन्स कपको उपाधि जितेको छ।

शनिबार राति भएको उपाधि भिडन्तमा अर्को अरब क्लब अल हिलाललाई २-१ गोलले पराजित गर्दै नासर च्याम्पियन बनेको हो। खेलको ५१ मिनेटमा माइकलको गोलबाट हिलालले अग्रता लिएको थियो।

त्यसपछि क्रिस्टियानो रोनाल्डोले नासरका लागि २ गोल गरे। उनले खेलको ७४ मिनेटम बराबरी गोल गरेपछि खेल एक्स्ट्रा समयममा पुगेको थियो। ९८ मिनेटमा रोनाल्डोले गोल गर्दा खेलमा नारसले अग्रता लिएको थियो।

खेलमा नारसका २ खेलाडीले रातो कार्ड पाएका थिए। ७१ मिनेटमा अल अमरीले हिलालका अब्दुलाहलाई फल गर्दा रातो कार्ड पाए। यस्तै ७८ मिनेटमा बोउसालले पनि रातो कार्ड पाउदा नासर ९ खेलाडीमा सीमित बनेको थियो।

गत जनावरीमा क्लबमा आबद्ध भएपछि रोनाल्डोले नासरबाट पहिलो उपाधि जितेका हुन्। 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update