Kath khabar
महिला विश्वकप : स्विडेनलाई २-१ गोलले हराउँदै स्पेन महिला विश्वकप फुटबलको फाइनलमा

 

                अकल्यान्ड, साउन ३० ।  स्विडेनलाई हराउँदै स्पेन फिफा महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ । आज मङ्गलवार न्युजिल्यान्डको अकल्यान्डमा रहेको इडेन पार्क मैदानमा स्विडेनलाई २-१ गोलले हराउँदै स्पेन उपाधि नजिकै पुगेको हो ।

खेलको ८१ औँ मिनेटमा गोल गर्दै अइनगोनोले स्पेनलाई अग्रता दिलाएकी थिइन् । ८८ मिनेटमा स्विडेनकी रेबिकाले गोल गरेर खेल १-१ गोलको बराबरीमा ल्याइन् । तर १ मिनेट भित्रै स्पेनकी कारमोनाले गोल गरेर टोलीलाई फाइनलमा पुर्‍याइन् ।

स्विडेनले क्वाटरफाइनलमा जापानलाई तथा स्पेनले नेदरल्यान्ड्सलाई हराएको थियो । स्पेनले उपाधिका लागि भोलि सिड्नीमा हुने अस्ट्रेलिया र इङ्ग्ल्यान्ड बीचको विजेतासँग खेल्नेछ । अस्ट्रेलिया यो विश्वकपको आयोजक टोली हो ।

गएको जुलाई २० तारिख देखि शुरु भएको महिला विश्वकपमा ३२ टोली सहभागी थिए । फाइनल खेल अगस्ट २० तारिखमा हुनेछ ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update