Kath khabar
नेइमार पनि साउदी क्लबमा, अल हिलालसँग २ बर्षको सम्झौता 

 

                काठमाडौं, साउन ३१ ।  ब्राजिलियन स्टार नेइमार साउदी प्रो लिग क्लब अल हिलालसँग २ बर्षको सम्झौता गरेका छन् । 

फ्रेन्च क्लब पिएसजी छोड्ने निश्चित भएपछि अल हिलालले दिएको प्रस्तावलाई नेइमारले स्वीकार गरेका हुन् ।
अल हिलालले नेइमारका लागि ९० मिलियन युरो तिरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । उनी २०२५ को जुन ३० सम्म अल हिलालमा रहने भएका छन् । 

त्यस्तै अल हिलालले नेइमारलाई बार्षिक करिब ८० मिलियन युरो पारिश्रमिक प्रस्ताव गरेको बताइएको छ । उनले पिएसजीमा बार्षिक करिब २५ मिलियन युरो पारिश्रमिक लिने गरेका थिए । 

मिडिया रिपोर्टका अनुसार नेइमारले अल हिलालका लागि आजै मेडिकल गर्ने र साउदी प्रस्थान गर्ने बताइएको छ । अल हिलालले नेइमारलाई यसै साता आफ्ना फ्यानहरु समक्ष प्रस्तुत गर्ने र अल हिलालमा नेयमारले जर्सी नम्बर १० नै लगाएर खेल्ने भएका छन् ।  

सन् २०१७ मा २२० मिलियन युरोमा पिएसजी गएका नेइमार शुरु देखि नै पिएसजीमा असहज महसुस गरेका थिए । नेइमार लगातारको इन्जुरीका कारण पनि पिएसजीमा ६ सिजनमा पुरा समय खेल्न सकेका थिएनन् । 

नेइमारले पिएसजीमा अहिलेसम्म १ सय ७३ खेलमा १ सय १८ गोल गरेका छन् । जसमा ३ लिग वान, ३ फ्रेन्च सुपर कप, ३ कोपा डे फ्रान्स, २ फ्रान्स लिग कप जितेका थिए ।

उनले पिएसजीमा अहिलेसम्म १७३ खेलमा ११८ गोल गरेका छन् ।              
 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update