Kath khabar
महिला विश्वकप : अस्ट्रेलियालाई हराउँदै इङ्ग्ल्यान्ड पहिलो पटक फाइनलमा

 

                 सिड्नी, साउन ३१ ।  आयोजक अस्ट्रेलियालाई हराउँदै इङ्ग्ल्यान्ड पहिलो पटक फिफा महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ । 

आज बुधवार स्टेडियम अस्ट्रेलियामा भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोलीलाई ३-१ गोलले हराउँदै इङ्ग्ल्यान्ड फाइनलमा पुगेको हो । इङ्ग्ल्यान्डका लागि इला टोनी, लरेन हेम्प र एलिसिया रुसोले गोल गरिन् । अस्ट्रेलियाका लागि साम केरले १ गोल फर्काइन् ।

अब इङ्ग्ल्यान्डले उपाधिका लागि स्पेनसँग अगस्ट २० मा खेल्नेछ । स्पेन हिजो मङ्गलवार भएको पहिलो सेमिफाइनलमा स्विडेनलाई हराउँदै फाइनलमा पुगेको हो । अस्ट्रेलियाले भने तेस्रो स्थानका लागि भोलि बिहीवार स्विडेनसँग खेल्नेछ ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update