Kath khabar
मच्छिन्द्र क्लब भारतको मोहन बगानसँग पराजित

 

               कोलकाता, काठमाडौं, साउन ३२ ।  एएफसी कप छनोटमा नेपालको मच्छिन्द्र फुटबल क्लब भारतको मोहन बगान सुपर जायन्टसँग पराजित भएको छ ।

कोलकाताको साल्ट लेक रङ्गशालामा हिजो भएको खेलमा मच्छिन्द्र क्लब मोहन बगानसँग ३-१ गोलले पराजित भयो । यो हारसँगै मच्छिन्द्र क्लब एएफसी कप छनोट चरणबाटै बाहिरिएको छ । मोहन बगानका अनवर अलीले २ तथा जेसन कमिङ्ग्सले १ गोल गरे । मच्छिन्द्रका लागि मेसुके ओलोमोउले एक गोल गरे ।

मच्छिन्द्रले पहिलो चरणमा भुटानको पारो एफसीलाई ३-२ गोलले हराउँदै दोस्रो चरणमा पुगेको थियो । ‘ए’ डिभिजन लिग फुटबलको च्याम्पियन चर्च ब्वाइजसँग क्लब लाइसेन्स नभएकै कारण उपविजेता मच्छिन्द्रले मौका पाएको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update