Kath Khabar
शनिबार काठमाडौंका यी क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने

 

                    काठमाडौं, भदौ १ । भोलि शनिबार काठमाडौंका विभिन्न ५२ स्थानमा करिब ५ घन्टा विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै विद्युत अवरुद्ध हुने जानकारी गराएको हो ।

लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेकोले काठमाडौंका विभिन्न क्षेत्रको विद्युत् सेवा अवरुद्ध हुन लागेको हो । प्राधिकरणका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ ।

प्राधिकरणले निर्धारित समयअघि काम सम्पन्न सकिए विद्युत् सेवा अगावै सञ्चालनमा आउने जनाएको छ । बाफल, बुडाथोकी कोल्डस्टोर, सिविल होम्स, अलकत्रा, सरनपुर, थापाचोक, ह्वाइट गुम्बा, सिंगल ट्री, इचंगुनारायण मन्दिर रहेको छ । यस्तै, बाफल फिडर अन्तरगत बाफल, ज्ञानोदय, गाई बाच्छा पाटी, स्वयम्भू सानो भर्‍याङ, बारुदखानालगायत ५४ स्थानहरु रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update