Kath khabar
महिला विश्वकप : उपाधिका लागि फाइनलमा आज इङ्ल्यान्ड र स्पेन खेल्दै

 

                 सिड्नी, काठमाडौं, भदौ ३ ।  फिफा महिला विश्वकप फुटबलको उपाधिका लागि आज इङ्ल्यान्ड र स्पेन खेल्दैछन् ।

फाइनल खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सिड्नीमा शुरु हुनेछ । यो महिला विश्व कपमा नयाँ टोली च्याम्पियन बन्दैछ । बुधवार भएको सेमिफाइनलमा आयोजक अस्ट्रेलियालाई ३-१ गोलले हराउँदै इङ्ल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो ।

त्यस्तै, स्पेन पनि मङ्गलवार भएको सेमिफाइनलमा स्वीडेनलाई हराउँदै पहिलो पटक फाइनलमा पुगेको हो । हिजो तेस्रो स्थानका लागि भएको खेलमा आयोजक अस्ट्रेलियालाई २-० गोलले हराउँदै स्वीडेन तेस्रो भएको छ ।

अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रुपमा आयोजना गरेको यो महिला विश्वकपमा ३२ टोली सहभागी थिए । 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update