Kath khabar
महिला विश्वकप : इङ्ग्ल्यान्डलाई १-० गोलले हराउँदै स्पेनले जित्यो महिला विश्वकपको उपाधि

 

               सिड्नी, काठमाडौं, भदौ ३ ।  इङ्ग्ल्यान्डलाई हराउँदै स्पेनले फिफा महिला विश्वकप फुटबलको उपाधि जितेको छ ।

आज आइतवार स्टेडियम अस्ट्रेलियामा भएको फाइनलमा स्पेनले इङ्ग्ल्यान्डलाई १-० गोलले हरायो । स्पेनका लागि ओल्गा कारमोनाले खेलको २९ औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । स्पेनले एउटा पेनाल्टी पनि पाएको थियो तर गोल गर्न भने सकेन । स्पेन महिला विश्वकपमा पहिलो पटक च्याम्पियन बनेको हो ।

इङ्ग्ल्यान्ड आयोजक अस्ट्रेलियालाई हराउँदै र स्पेन स्विडेनलाई हराउँदै पहिलो पटक फाइनलमा पुगेका थिए । हिजो शनिवार तेस्रो स्थानका लागि भएको खेलमा आयोजक अस्ट्रेलियालाई २-० गोलले हराउँदै स्विडेन तेस्रो भएको छ ।

अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गरेको यो महिला विश्वकपमा ३२ टोली सहभागी थिए ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update