Kath khabar
महिला टी-२० : नेपालले कुवेतलाई दियो ९० रनको लक्ष्य

 

             क्वालालम्पुर, भदौ ६ ।  ४ देश सम्मिलित महिला टी-२० शृङ्खलामा नेपालले कुवेतलाई ९० रनको लक्ष्य दिएको छ ।

मलेसियाको वायुमास ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८९ रन बनायो । नेपालका लागि इन्दु बर्माले सर्वाधिक २३ रन बनाइन् । बलिङतर्फ कुवेतकी मारिमा हेडरले ४ विकेट लिइन् ।  

शनिवारसम्म हुने शृङ्खलामा नेपाल सहित घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्दैछन् । नेपालले भोलि बिहीवार घरेलु टोली मलेसियासँग खेल्नेछ ।

राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष २ टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल शनिवार हुनेछ । थप २ टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update