Kath khabar
विचित्र स्तनधारी, एकिडना जसको हुन्छ चौमुखी लिङ्ग

अस्ट्रेलिया, ७ असार । स्तनधारी भएरपनि माछा र चराजस्तै अण्डा पार्ने अस्ट्रेलियामा पाइने एकिडना एक स्तनधारी प्राणी हो । अरु स्तनधारी भन्दा विचित्र गुण भएको यस जिवको चारवटा मुख भएको चौमुखी लिङ्ग हुन्छ । यो विचित्र प्राकृतिक पहिचानका बारेमा संसारमा अनेक खोज अनुसन्धान भएपनि अस्ट्रेलियाका वैज्ञानिकहरु हालसालै यस रहस्य नजिक पुगेका छन् ।

एकिडना अस्ट्रेलियामा पाइने एक जंगली जिव हो । यसले मुसाले जस्तै जमीन खनेपनि यो जिवका दाँत भने हुदैनन् । चौमुखी लिङ्गको धनी यो जिवले शारीरिक सम्पर्क गर्दा यसका लिङ्गको दुईवटा मुखमात्र खुल्छ । बाँकी दुईवटा सिथिल भएपनि उसले आलोपालो सबै मुखलाई उत्तेजित पार्न सक्छ । चारै मुख एकैपटक किन उत्तेजित हदैनन् भनी वैज्ञानिकले खोज गरी कारण केलाउने कोशीस गरेका छन् ।

वैज्ञानिकहरुका अनुसार अन्य स्तनधारी प्राणीभन्दा एकिडनाको लिङ्गको संरचना फरक हुन्छ । प्राय स्तनधारीले शारिरीक सम्पर्कका साथै पिसाव त्याग गर्न लिङ्ग प्रयोग गरेपनि यसले यौन सम्बन्धका लागि मात्र प्रयोग गर्दछ । यो जिवले क्लोआका नामको अङ्गमार्फत मलमुत्र विर्सजन गर्दछ । अन्य स्तनधारीका अण्डकोष शरीरबाहिर भएपनि यसको लिङ्ग र अण्डकोष शरीरभित्र नै हुन्छ । उत्तेजित भएमात्र यसको लिङ्ग बाहिर निस्कन्छ ।

अन्य प्राणिभन्दा यो लिङ्गको धनी भएपनि शुक्राणुको भने गरीब हुन्छ । अन्य स्तनधारीको जस्तो भालेको एक शुक्राणुसँग पोथीको एक नै डिम्बसँग निसेचित नभइ पुरै शुक्राणुको टिम निसेचित हुन्छ । युनिभर्सीटी अफ मेलबनका प्रजनन जिव वैज्ञानिक जेन फेनेलोनका अनुसार एकिडनाले विर्य निकाल्दा एक सय शुक्राणुको टिम (जुन एक आपसमा टाउका जोडेर बसेको हुन्छ) निकाल्छ । जेनका अनुसार शुक्राणुको यो टिम सटिकता तथा पूर्ण समन्वयसाथ एकचोटि डिम्बतिर लम्कन्छ ।

सडक दुर्घटनामा परी घाइते भएका तथा मृत एकिडनाको लिङ्गको अनुसन्धान गरिएको थियो । मृत एकिडनाको लिङ्गको थ्रि डि मोडेल बनाइ ज्यादै  सुक्ष्म तरीकाले निरीक्षण तथा परिक्षण गरिएको यो अनुसन्धानमा खास प्रकारको सिटि स्क्यान प्रबिधि प्रयोग गरिएको थियो । अनुसन्धानबाट यो खुल्यो कि यस जिवको यूरेथ्रल ट्यूबबाट विर्य निस्कदा चौमुखी लिङ्गका मुख बाडिएको ठाँउबाट दुई भागमा मात्र बाडिन गई दुई मुख मात्र सक्रिय रहन्छ ।  कुन कारणले यसले आलोपालो दुई मुखबाट मात्र विर्य  निकाल्छ र किन लिङ्गका चारै मुख उत्तेजित हुदैनन् भन्ने चाँहि अझै रहस्यको गर्भमा छ ।

२९ अप्रिलमा सेक्सुअल डेभलपमेन्ट जर्नलमा छापीएको यो रिपोर्ट संसारभर रुचिका साथ पढिएको छ । जिव वैज्ञानिक जेन फेनेलोनले संसारभरबाट आएका अनेक सुझाब तथा तर्कले आगामी अनुसन्धानलाई फाइदा पुग्ने बताएका छन् ।
 

प्रकाशित मिति: सोमबार, असार ७, २०७८  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update