Kath khabar
इन्द्रजात्रा (येँन्यापुन्ही) को अवसरमा "लिटिल स्टार नेपालभाषा म्ये कासा (लिटिल स्टार नेपाल भाषा गीत प्रतियोगिता)” आयोजना हुँदै

 

                 ललितपुर, भदौ ११ ।  विभिन्न पर्वहरुमा सांगितिक एवं कलाले भरिएको परम्परा निरन्तर गर्न विभिन्न कार्यक्रम आयोजना गर्दै आएको ललितपुर महानगरपालिका वडा नं १६ को कलाकार समितिले यस वर्षको इन्द्रजात्रा (येँन्यापुन्ही) को अवसरमा नेपालभाषा गीत प्रतियोगिता आयोजना गर्ने भएको छ ।

इन्द्रजात्राको अवसरमा विगतमा टोलटोलमा हुने सांगितिक सम्मेलन त्यस क्षेत्रमा रहेका गौरवशाली कलाकारको कला विकासका लागि उल्लेखनीय वातावरण भएको र त्यही वातावरणमा जन्मे हुर्केका कलाकारको जीवन्त कलालाई उजागर गर्ने परम्परा पछिल्लो समय लोप प्राय: हुँदै गईरहेको छ । यही कुरालाई दृष्टिगत गर्दै उक्त परम्पराको पुन: सञ्चालन गर्ने उद्देश्यका साथ यही आश्विन ११ गते बिहीबारको दिन "लिटिल स्टार नेपाल भाषा म्ये कासा (लिटिल स्टार नेपालभाषा गीत प्रतियोगिता)” आयोजना गर्न लागिएको वडा कलाकार समितिद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

१६ वडा कलाकार समितिका सचिव अनुप शाक्यले पाटन दरबार क्षेत्रको ऐतिहासिक भन्दा: क्यव (पाटन म्युजियम भित्र रहेको बगैंचा) मा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । उनका अनुसार जुनसुकै स्थान र उमेर समुहबाट यस प्रतियोगितामा भाग लिन सक्नेछन् । 

पत्रकार सम्मेलनमा ललितपुर महानगरपालिका १६ का वडा अध्यक्ष निर्मलरत्न शाक्यले  विश्व सम्पदा सुचीभित्र परेको वडा भित्रको कला,संस्कृति,सम्पदा,जात्रा, पर्वको  विकासको लागि वडामा विभिन्न समितिहरु गठन गरिएको र त्यसमध्ये कलाकार समिति एक उदाहरणीय समिति रहेको उल्लेख गरे । विगतमा पनि यस्ता विभिन्न कार्यक्रमहरु समितिले गरिसकेको र यस पटक पनि एक महत्त्वाकांक्षी योजनाको रुपमा नेपाल भाषा गीत प्रतियोगिता आयोजना गर्न लागेको कुरा वडाध्यक्ष शाक्यले बताए । 

वडा कलाकार समितिका संयोजक सुरज वीर बज्राचार्यले वडाले नवकलाकारहरुको खोजी,कला विकास,स्थापित कलाकारहरुको लागि मञ्च उपलब्ध गराउने तथा वरिष्ठलाई सम्मान दिने उद्देश्यका साथ विगत ३ वर्ष देखी गीत तथा नृत्य प्रतियोगिता , कला पाठशाला,येन्यापुन्ही (इन्द्रजात्रा) को अवसरमा सांस्कृतिक कार्यक्रम, होलिया मेला, श्रीपञ्चमीको अवसरमा शास्त्रीय संगीत, उत्सव, न्हुँदया भिन्तुना सांस्कृतिक कार्यक्रम तथा वरिष्ठ कलाकारलाई ललित रत्न उपाधी अर्पण साथ सम्मान गर्दै आएको जानकारी दिए । 

प्रतियोगितामा सर्वोत्कृष्ट गीत९प्रथम० लाई १ लाख नगदसहित ट्रफी र प्रमाणपत्र,उत्कृष्ट गीत९द्वितीय०लाई ७५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र,तृतीयलाई ५० हजार नगदसहित ट्रफी र प्रमाणपत्र,सान्तवनालाई २५ हजार नगदसहित प्रमाणपत्र पुरस्कारको व्यवस्था गरिएको छ । यसैगरी सर्वोत्कृष्ट गायक, सर्वोत्कृष्ट सँगीतकार र सर्वोत्कृष्ट रचनाकारलाई २५र२५ हजार नगद सहित ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ । प्रतियोगिताको टाईटल प्रायोजक लिटिल स्टार रेकर्डस रहेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update