Kath khabar
इराकमा ३०० बढीको ज्यान जाने गरी बम विस्फोट गराउने ३ जनालाई फाँसी

 

              बग्दाद, भदौ १२ ।  इराकको राजधानी बग्दादमा सन् २०१६ मा ३०० जनाभन्दा धेरैको ज्यान जाने गरी भएको बम विस्फोटको घटनामा संलग्न रहेको ठहर सहित ३ जनालाई फाँसी दिइएको छ ।

प्रधानमन्त्री मोहम्मद शिया अल सुडानीको कार्यालयले फाँसी दिइएकाहरूको थप विवरण उल्लेख गरेको छैन । उनीहरूलाई आइतवार र सोमवार फाँसी दिइएको हुन सक्ने अनुमान छ । द इस्लामिक स्टेट ग्रुप (आईएस) ले यो आक्रमण आफूले गरेको जनाएको थियो ।

आक्रमणका मुख्य योजनाकार मानिएका गजवान अल जावबाई सन् २०२१ मा पक्राउ परेका थिए । फाँसी दिइएका मध्ये उनी एक हुनसक्ने अनुमान गरिएको समाचार संस्था एएफपीलाई उद्धृत गरी बीबीसीले जनाएको छ । सन् २०१६ को जुलाई ३ तारिखमा कर्राडामा उक्त घटना भएको थियो । 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update