Kath khabar
एसिया कप क्रिकेट प्रतियोगिताको लाइभ अपडेट ‘नेपाली पात्रो’ मा हेर्न सकिने

 

                    काठमाडौं, भदौ १३ । आजबाट सुरु हुन गइरहेको एसिया कप क्रिकेट प्रतियोगिताको लाइभ अपडेट  ‘नेपाली पात्रो’मा हेर्न सकिने भएको छ । नेपाली पात्रोले खेलको लाइभ अपडेट दिने जानकारी दिएको हो ।

पहिलोपटक एसिया कप खेल्न गइरहेको नेपालले पहिलो खेलमा आज पाकिस्तानको सामना गर्दैछ । मुल्तान क्रिकेट रङ्गशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ ।
 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update