Kath khabar
झरना थापाको फिल्म 'एक भगवत् गीता' को ट्रेलर सार्वजनिक

 

                    काठमाडौं, भदौ १५ ।  झरना थापा निर्देशित फिल्म ‘एक भगवत् गीता’ को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्माताले ट्रेलर सार्वजनिक गरेका हुन् ।

शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरेको छ । फिल्ममा यौनिक तथा लैंगिक अल्पसंख्यक र मधेश समुदायको कथावस्तुलाई समेटिएको छ। फिल्ममा विपिन कार्कीलाई मर्मस्पर्शी र सशक्त भूमिकामा  देख्न सकिन्छ । फिल्ममा अभिनेता विपीन कार्कीलाई कमलामाईको अवतारमा प्रस्तुत गरिएको छ।

सुहाना थापा र धीरज मगरको प्रेम सम्बन्ध र रोमान्सलाई समेत फिल्ममा चित्रण गरिएको छ । विपिन र सुहानाको मित्रता पनि यसमा समावेश छ । जनकपुरको सेटिङमा खिचिएको फिल्ममा अनुरागमान सिंह कुँवर खलपात्रको चरित्रमा देखिएका छन् ।

भदौ २९ गतेदेखि प्रदर्शनमा हाउन लागेको यस फिल्ममा विपीन कार्की, सुहाना थापा, धिरज मगर, जेभिस श्रेष्ठ, जेभिन श्रेष्ठ, कविर खड्का, संजोग रसाइली, अनुराग कुँवार, रामकैलाश ठाकुर, मदन ठाकुर, धिरज ठाकुर, मुकेश झा, सुरेन्दर भण्डारी, गंगा झा, केशव क्षेत्रीलगायत कलाकारको अभिनय छ । फिल्मको कथा निर्देशक थापाले लेखेकी हुन् ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update