Kath khabar
वैवाहिक बन्धनमा बाधिइन् अभिनेत्री निरूता सिंह

 

                    काठमाडौं, भदौ १६ । अभिनेत्री निरूता सिंह वैवाहिक बन्धनमा बाधिएकी छिन् । उनले मुम्बईका सञ्जीव गुलाटीसँग अगस्ट ३१ मा विवाह गरेको शनिवार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी छिन् ।

उनले सम्पूर्ण माननीय दर्शकमहानुभावहरुको यतिका वर्षदेखीको, 'निरुता जी बिहें कहिले गर्ने'  भन्ने प्रश्नको जवाफ दिन गई रहेको छु भन्दै लेखेकी छन् -

मेरा चलचित्र कर्मी साथी-भाई अनि अग्रज व्यक्तित्वहरु,बिभिन्न माध्यमका संचारकर्मीहरु लगायत मलाई माया गरेर मेरो चरलचित्र हेरेर मेरो चलचित्रलाई सफल बनाईं मलाई "निरुता सिंह “ बनाईदिनु हुने मेरा सम्पूर्ण माननीय , पूजनीय अनि ढोगनीय दर्शकमहानुभाउहरु को येतीका वर्ष देखी को एक मात्र प्रश्न , जसको बिना मेरो कुनै पनि अन्तरवार्ता पूर्ण हुदैन थियो ।त्यो हो …" निरुता जी बिहें कहिले गर्ने ?“ भन्ने प्रश्न … आज तेसै प्रश्न को जवाब दिन गई रहेको छु …. तपाईहरुको निरुता सिंह ले गत बिहिबार 31st August 2023 को दिन मुम्बई निवासी श्री संजीभ गुलाटी संग लगन गाठो जोड़ेको छ …. हजुरहरु सम्पूर्ण को माया अनि आशीर्वाद को अपेक्षा गरेको छु …. चाडै सबैलाई भेट गर्न अनि आशीर्वाद लिन नेपाल आउने छु …. धेरै धेरै माया ❤️❤️❤️🙏🙏🙏

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update