Kath khabar
एक साताअघि नै भएको थियो बालेनलाई पुत्री लाभ

 

                   काठमाडौं, भदौ १७ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई एक साताअघि नै पुत्रीलाभ भएको खुल्न आएको छ ।

गत भदौ ८ गते नै पत्नी सविनाले छोरीलाई जन्म दिएको र बच्चाको स्वास्थ्य ठिक नरहेकोले मेडिसिटी अस्पतालकै एनआईसीयूमा उपचार भइरहेको अस्पताल स्रोतले बताएको छ । शिशुको अवस्था अहिले सुधारोन्मुख रहेको बताएको छ ।

आमाको स्वास्थ्य ठिक रहेकाले सविनालाई भने भदौ ११ गते सोमबार नै डिस्चार्ज गरिएको अस्पताल स्रोतले बताएको छ ।अस्पताल स्रोतका अनुसार सविनाको पेटमा जुम्ल्याहा छोरी भएको र एक शिशुलाई बचाउन नसकिएको बताइएको छ । आमाको पेटमा छँदा नै बच्चाको अवस्था सामान्य नरहेकाले डाक्टरहरुको सल्लाहअनुसार ७ महिनामा नै शल्यक्रिया गरेर निकालिएको अस्पताल स्रोतले बतायो । छ ।

बालेनले शनिबार राती ‘सिंहदरबारमा आगो लगाउने’ भन्दै अराजक अभिव्यक्ति दिएपछि उनको आलोचना भइरहेको छ । बच्चालाई भेट्न काफ्ले अस्पताल आउजाउ गर्ने क्रममा शनिबार ट्राफिकले रोकेर चेकजाँच गरेको थियो । एउटा छोरीको निधन र अर्को छोरी बिरामी भएको पिडा साह दम्पत्तिमा छ । त्यसैले त्यहि झोकमा बालेनले उक्त आक्रोशपूर्ण स्टाटस लेखेको देखिन्छ ।

 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update