Kath khabar
सरकारले ३ दिन संविधान दिवस मनाउने

 

               काठमाडौं, भदौ १७ ।  सरकारले संविधान दिवस ३ दिन मनाउने भएको छ । आज आइतवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले यो निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताउनु भएको हो ।

उहाँका अनुसार बैठकले असोज २, ३ र ४ गते ३ दिनसम्म विभिन्न समारोहका साथ संविधान दिवस मनाउने कार्यक्रम तय गरेको छ । असोज २ गते स्मारिक प्रकाशन, संवाद, परिसंवाद, अन्तरक्रिया कार्यक्रमहरू हुने र ३ गते सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्ने कार्यक्रम तय भएका छन् ।

उहाँले भन्नुभयो, ‘असोज २, ३ र ४ गते ३ दिनसम्म विभिन्न समारोहका साथ संविधान दिवस मनाउने कार्यक्रम आजको बैठकले निर्णय गरेको छ । २ गते स्मारिका प्रकाशन, संवाद, परिसंवाद, अन्तरक्रिया कार्यक्रमहरू गर्ने, ३ गते भव्य, वृहत् कार्यक्रम, सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्ने, देशभर पनि वृहत् कार्यक्रम गर्ने निर्णय भएको छ ।’

मन्त्री ज्वालाले सरकारले संविधान दिवसको अवसरमा तीन दिनसम्म साँझमा दीप प्रज्वलन गर्ने पनि बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update