Kath khabar
'फिफा विन्डो' अन्तर्गत म्यानमारसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोली घोषणा

 

                काठमाडौं, भदौ १७ ।  म्यानमारसँगको मैत्रीपूर्ण फुटबलमा लागि नेपाली टोली घोषणा भएको छ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आज आइतवार २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

नेपालले 'फिफा विन्डो' अन्तर्गत म्यानमारको याङ्गुनमा २ वटा मैत्रीपूर्ण फुटबल खेल्नेछ । खेल सेप्टेम्बर ८ र ११ तारिखमा हुनेछ ।

यस्तो छ नेपाली टोली :

गोलकिपर-किरण कुमार लिम्बु, दीप कार्की र अभिशेक बराल

डिफेन्डर-सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अन्जन राई र छिरिङ लामा

मिडफिल्डर-एरिक विष्ट, सुदीप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई र क्रितिशरत्न छुन्जु 

फरवार्ड-आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाङी, आशिष चौधरी, जिलेस्पी जङ्ग कार्की, दिनेश हेन्जन र हिसुब थपलिया

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update