Kath khabar
एसिया कप क्रिकेट : अफगानिस्तान बङ्लादेशसंग ८९ रनले पराजित

 

                  लाहोर, भदौ १८ ।  बङ्लादेशले एसिया कप क्रिकेटमा अफगानिस्तानलाई ८९ रनले पराजित गरेको छ । जितसँगै बङ्लादेशले सुपर फोरमा स्थान बनाएको छ । समूह 'बी' बाट बङ्लादेश नेट रनरेटको कारण शीर्ष २ मा रहँदै सुपर फोर खेल्ने पक्का भएको हो । जितको लागि ३ सय ३५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४४ ओभर ३ बलमा २४५ रनमा अल आउट भयो ।

अफगानिस्तानका इब्राहिम जद्रानले ७५ रनको अर्धशतकीय पारी खेले । यस्तै, कप्तान हश्मातुल्लाह शाहिदीले पनि ५१ रनको अर्धशतकीय पारी खेले भने रहमात शाहले ३३, नाजिबुल्लाह जद्रान १७ र गुलबादिन नाइबले १५ रन बनाए ।

बङ्लादेशका तस्किन टाक्सिन अहमदले ४ विकेट लिए भने शोरिफुल इस्लामले ३ तथा हसन महम्मद र मेहेदी हसन मिराजले एकरएक विकेट लिए । त्यसअघि लाहोरमा टस जितेर पहिला ब्याटिङ रोजेको बङ्लादेशले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३३४ रन बनाएको थियो ।

बङ्लादेशका लागि मेहेदी हसन मिराज र नाज्मुल हसन शान्टोले शतकीय पारी खेले । मिराजले १ सय १२ रनको शतकीय पारी खेले । उनको यो ओडीआई करिअरको दोस्रो शतक र उत्कृष्ट प्रदर्शन हो ।

यस्तै, शान्टोले १ सय ४ रन जोडे । यस्तै, कप्तान सकिब अल हसनले ३२,  मोहम्मद नइमले २८, मुश्फिकुर रहीले २५ र शमिम हसैनले ११ रन बनाए ।

अफगानिस्तानका मुजिब उर रहमान र गुलबदीन नाइबले एकरएक विकेट लिए । समूह 'बी' मा बङ्लादेशले २ खेलमा १ मा जित र १ मा हार सहित २ अङ्कका साथ दोस्रो स्थानमा रहँदै सुपर फोरमा स्थान पक्का गराएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update