Kath khabar
एसिया कप क्रिकेट : भारतसँग टस हारेर नेपालले पहिले ब्याटिङ गर्दै

 

                  पालेकेले, भदौ १८ ।  एसिया कप क्रिकेटमा भारतसँगको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

श्रीलंकाको पालेकेलेमा भारतले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । खेल अहिले सवा ३ बजे शुरु हुँदैछ ।

आजको खेलको बिजेता टोली सुपर फोरमा पुग्नेछ । यस्तै, खेल रद्द भएमा भने भारतले सुपर फोरमा स्थान बनाउँने छ । नेपाल र भारत पहिलो पटक सिनियर टोलीमा आमने सामने हुन लागेका हुन् । नेपालले सन् २०१७ मा भने भारतको १९ वर्ष मुनिको टोलीसँग खेलेको थियो ।

समूह ‘ए’ मा रहेका नेपाल र भारतले समान १-१ खेल खेलेका छन् । उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो भने भारत र पाकिस्तानको खेल वर्षाका कारण रद्द भएको थियो । समूह ‘ए’ मा पाकिस्तान शीर्ष स्थानमा छ । त्यस्तै भारत दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ ।

पाकिस्तान सुपर फोरमा पुगिसकेको छ । भारतको १ खेलमा १ अङ्क छ । १ खेल खेलेको नेपाल अङ्कविहीन छ । यसैबीच, भारतीय तीव्र गतिका बलर जसप्रित बुमराहले एसिया कप अन्तर्गत आज नेपालसंगको खेल गुमाउने भएका छन् ।

बुमराह व्यक्तिगत कारणले श्रीलंकाबाट भारत प्रस्थान गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update