Kath khabar
एसिया कप क्रिकेट : १६औँ ओभरको अन्तिम बलमा नेपालको दोस्रो विकेट गुम्यो, जडेजाले लिए भीमको विकेट


                  पालेकेले, भदौ १८ ।  एसिया कप २०२३ अन्तर्गत भारतसँग भिडिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ । 

१६औँ ओभरको अन्तिम बलमा भीम सार्की आउट भएका हुन् । अजय जडेजाको बलमा इनसाइड एज लागेर उनी बोल्ड हुन पुगे । 

भीमको स्थनमा कप्तान रोहित कुमार पौडेल आएका छन् । क्रिजको अर्को इन्डबाट ओपनर आसिफ सेख डटिरहेका छन् । आसिफले ३६ रन बनाइसकेका छन् । 

ताजा अवस्थामा नेपालले दुई विकेट गुमाएर १६.४ ओभरमा ८५ रन बनाएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update