Kath khabar
एसिया कप क्रिकेट : नेपालका ओपनर आसिफ शेखले ९३ बलमा ७ चौका प्रहार गर्दै ५८ रनमा भए क्याच आउट

 

                पालेकेले, भदौ १८ ।  आसिफले ९३ बलमा ७ चौका प्रहार गर्दै ५८ रनमा बिराट कोहलीले क्याच आउट गराए। एक दिवसीय अन्तर्राष्ट्रियमा आसिफको यो १० औं अर्धशतक हो ।

एक दिवसीय क्रिकेटमा नेपालबाट उनी सर्वाधिक अर्धशतक बनाउने खेलाडी पनि हुन् । उनी पछि कप्तान रोहित कुमार पौडेलले धेरै अर्धशतक बनाएका छन् । रोहितले एक दिवसीयमा १ शतक र ८ अर्ध शतक बनाएका छन् ।

आसिफले पनि एक दिवसीयमा एक शतक बनाएका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update