Kath khabar
एसिया कप क्रिकेट : नेपालले छैटौँ विकेट गुमायो, गुलशन झा ३५ बलमा २३ रन बनाएर आउट भए

 

                      पालेकेले, भदौ १८ ।  एसिया कप क्रिकेटमा भारतसँगको खेलमा नेपालले छैटौँ विकेटने गुमाएको छ ।गुलशन झा ३५ बलमा २३ रन बनाएर आउट भए ।

त्यस्तै अन्य विकेटमा आशिफ शेख ९७ बलमा ५८ रन बनाएर आउट भए । शेखले सात चौका प्रहार गरे । उनलाई मोहम्मद सिराजले आउट गरे । यसअघि  कप्तान रोहित पौडेल ८ बलमा पाँच रन बनाएर आउट भएका भए ।

उनी रवीन्द्र जडेजाको बलमा भारतीय कप्तान रोहित शर्माबाट क्याच आउट भए । यसअघि नेपालका भीम सार्की १७ बलमा ७ रन बनाएर आउट भए । उनलाई पनि रवीन्द्र जडेडाले आउट गरेका हुन् ।

यस्तै, कुशल मल्ल दुई रनमा आउट भए । नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई ३८ रनमा गुमाएको थियो ।श्रीलंकाको पालेकेलेमा भारतले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो ।

आजको खेलको विजेता टोली सुपर फोरमा पुग्नेछ ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update