Kath khabar
एसिया कप क्रिकेट : आज श्रीलङ्का र अफगानिस्तान खेल्दै

 

               लाहोर, भदौ १९ ।  एसिया कप क्रिकेटमा आज श्रीलङ्का र अफगानिस्तान खेल्दैछन् । यो खेल लाहोरमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ ।

समूह ‘बी’ मा बङ्लादेश २ खेलमा १ मा जित र १ मा हार सहित २ अङ्कका साथ दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगिसकेको छ । श्रीलङ्का १ खेलमा २ अङ्कका साथ शीर्षस्थानमा छ । अफगानिस्तानलाई सुपर फोरमा पुग्न आजको खेलमा श्रीलङ्कालाई ठूलो अन्तरले हराउनुपर्ने हुन्छ । समूह ‘ए’ बाट भारत र पाकिस्तान सुपर फोरमा पुगेका छन् ।

नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । हिजो भएको खेलमा भारतले नेपाललाई १० विकेटले हरायो । नेपाल पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । सुपर फोरका खेल भोलि बुधवार देखि शुरु हुनेछन् । फाइनल खेल सेप्टेम्बर १७ तारिखमा हुनेछ ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update