Kath Khabar
असारको गर्मीमा गायक रोहित मास्केले चलाउनुुभयो चिसो सांगीतिक हावा

काठमाडौ, असार ८ । धरानका गायक रोहित मास्केले आफ्नो नयाँ गीत 'चिसो चिसो हावा चल्यो' विश्व संगीत दिवसको अवसर पारी सार्वजनिक गर्नुभएको छ ।

आफ्नै युट्युब च्यानल मार्फत लिरिकल भिडियोको रुपमा सार्वजनिक गरिएको गीतमा गायक मास्केकै शब्द र संगीत समेत रहेको छ । जेम्स प्रधानले संगीत संयोजन तथा मिक्सिङ्ग गर्नुभएको गीत रेकर्डिङ्ग धरानको भावना स्टुडियोमा गरिएको हो ।

धरानका पुराना गायक रोहित मास्केले लामो समयको विदेश बसाईपछि बिगत पाँच बर्षदेखि धरानमै आफ्नो व्यवसायसंगै फुर्सदको क्षणमा संगीतमा समेत समय दिने गर्नुभएकोछ । धरानमा हुने बिभिन्न सांगीतिक कार्यक्रममा समेत भाग लिनुहुने गायक मास्केले चिसो चिसो बोलको गीत पनि धेरैपल्ट गाईसक्नुु भएको छ ।

एक बर्षअघिको कोभिड महामारीमा केही गीतहरु सार्वजनिक गर्नुभएका गायक मास्केले एक बर्षपछि नयाँ गीत सार्वजनिक गर्नुृभएको हो ।  यहि गीतको छिट्टै म्युजिक भिडियो समेत बनाउने तयारीमा रहनुुभएको छ ।

म्युजिक भिडियो लिंक
https://youtu.be/ux6klIe5Yfs

 

प्रकाशित मिति: मंगलबार, असार ८, २०७८  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update