Kath khabar
काठमाडौं महानगरको झण्डा ओढाएर वडाअध्यक्ष रिजालप्रति श्रद्धाञ्जली अर्पण

 

                     काठमाडौँ, भदौ २१ । काठमाडौं महानगरपालिका-१६ का वडाअध्यक्ष मुकुन्द रिजालप्रति श्रद्धाञ्जली व्यक्त गर्न उनको पार्थिक शरीर राष्ट्रियसभा गृहमा राखिएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले काठमाडौं महानगरको झण्डा ओढाएर उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै उपप्रमुख सुनिता डंगोलसहित अन्य व्यक्तिहरुले पनि रिजालप्रति श्रद्धाञ्जली अर्पण गरे।

उनको पार्थिव शरीरलाई दिउँसो २ः३० बजे दाहसंस्कार गर्ने कार्यक्रम रहेको छ । रिजालको आज बिहान ७ः३० बजे काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update