Kath khabar
आज नेपाल र म्यानमार भिड्दै 


               काठमाडौं, भदौ २२ ।  फिफा मैत्रीपूर्ण खेलमा शुक्रबार नेपाल र घरेलु टोली म्यानमारबीच प्रतिस्पर्धा गर्दै छन् । नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बेर्टो एनेसले म्यानमार टोली निकै बलियो रहेको बताए । ‘म्यानमार धेरै बलियो छ । उनीहरूले थाई लिग खेल्दै आएका छन् । उनीहरू धेरै अनुभवी छन्,’ भिन्सेन्जोले भने, ‘हामी आफ्नो खेल खेल्नेछौँ ।’

विश्वकप छनोटअघि टोलीको कमजोरी थाहा पाउन मैत्रीपूर्ण खेल सहयोगी हुने उनले बताए । ‘हामीले म्यानमार पछि विश्वकप छनोट खेल्नेछौँ । यो खेलबाट हामी आफ्नो कमी कमजोरी थाहा पाउन सक्छौँ । हामीसँग युवा खेलाडी छन्,’ उनले भने । नेपाल र म्यानमार बीच ०७६ कात्तिकमा भेट भएको थियो । जहाँ म्यानमार ३-० ले विजयी भएको हो । नेपालका रक्षक रोहित चन्दले तयारी राम्रो भएको र नतिजा आउने बताए । ‘हामीले तयारी राम्रो गरेका छौँ । आशा गरौँ, नतिजा पक्षमा आउनेछ,’ उनले भने । 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update