Kath khabar
मोरक्कोमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या दुईहजार नाघ्यो

 

                    माराकेश, भदौ २४ । मोरक्कोमा गएको विनाशकारी भूकम्पमा परी अहिलेसम्म दुई हजारभन्दा बढीको मृत्यु भएको छ। 

मोरक्कोमा ८ सेप्टेम्बर राति गएको ६.८ म्याग्निच्युडको भूकम्पले यस अफ्रिकी देशमा ठूलो क्षति पुर्याएको छ । यस प्राकृतिक प्रकोपपछि मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ ।  भूकम्प गएको ४८ घण्टा बितिसक्दा पनि राहत तथा उद्धार कार्य जारी छ । मृत्यु हुनेको संख्या बढ्न सक्छ। हजारौं घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।

सयौं भवन भत्किँदा हजारौं मानिस घरबारविहीन भएका छन् । अल जजिराका अनुसार मोरक्कोमा ३ दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । मोरक्कन सेनाको एक विज्ञप्ति अनुसार राजा मोहम्मद छैठौंले सशस्त्र सेनालाई विशेष खोज र उद्धार टोली र सर्जिकल फिल्ड अस्पताल तैनाथ गर्न निर्देशन दिएका छन्।

मोरक्कोको उच्च एटलस पहाडहरू हल्लाउने भूकम्पको केन्द्रबिन्दुको सबैभन्दा नजिकको शहर माराकेशमा धेरै ऐतिहासिक संरचनाहरू क्षतिग्रस्त भएका छन्। तर धेरैजसो मृत्यु अल(हौज र ताराउदान्ट प्रान्तको दक्षिणी पहाडी क्षेत्रमा रेकर्ड गरिएको छ। यसैबीच, खोज तथा उद्धार टोलीहरू भग्नावशेष हटाउन र सडक सफा गर्नमा व्यस्त छन्। भूकम्पको गहिराई १८.५ किलोमिटर मापन गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ०९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update