Kath khabar
यस वर्षको मिस युनिभर्स जेन दिपिका ग्यारेटलाई

 

                   काठमाडौं, भदौ २४ । यस वर्षको मिस युनिभर्स जेन दिपिका बनेकी छन् । गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा शनिबार, सेप्टेम्बर ९ मा जेन दीपिका ग्यारेटले २० भन्दा बढी अन्य प्रतिस्पर्धीहरूलाई मिस युनिभर्स नेपाल २०२३ को उपाधि जितेकी हुन् ।

प्रतियोगितामा गरिमा घिमिरे फर्स्ट रनर अप भने सेकेन्ड रनर अप सितास्मा पोख्रेल बनिन् । विजयी प्रतिस्पर्धीलाई २०२२ का मिस युनिभर्स सोफिया भुजेलले ताज पहिरिदिएका हुन् । प्रतियोगिताको निर्णयकहरुमा रविराज कर्णिकार, उपल मजुमदार, उपासना घिमिरे, संगीता पहाडी, आयुशा कार्की श्रेष्ठ, सुरक्षा पन्त, नन्दिनी एल थापा, सौरभ ज्योति थिए ।

सहभागी प्रतिस्पर्धीलाई १२ विधामा पुरस्कार वितरण गरिएको थियो । विजयी प्रतिस्पर्धीले एल साल्भा डोरमा हुने मिस युनिभर्स नेपालको अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने पाउने बताइएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update