Kath khabar
एसिया कप क्रिकेट : पाकिस्तानले टस जित्यो, भारतले पहिला ब्याटिङ गर्दै 

 

                कोलम्बो, भदौ २४ ।  एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गत भारतसँगको खेलमा पाकिस्तानले टस जितेको छ ।

श्रीलङ्काको कोलम्बोमा टस जितेर पाकिस्तानका कप्तान बाबर आजमले पहिला बलिङ गर्ने निर्णय गरेका छन्  भने भारतले ब्याटिङ थालेकोछ ।

भारत र पाकिस्तान बीच यो प्रतियोगितामा दोस्रो खेल हुनेछ । सेप्टेम्बर-२ तारिखमा भएको समूह चरणको खेल वर्षाका कारण रद्द भएको थियो । पाकिस्तानले 'सुपर फोर' को पहिलो खेलमा बङ्लादेशलाई ७ विकेटले हराएको थियो । भारतले 'सुपर फोर' को पहिलो खेल खेल्न लागेको हो ।

आजको खेल वर्षाले प्रभावित हुन सक्ने अवस्थामा 'रिजर्भ डे' राखिएको छ । आज खेल पूरा हुन नसकेमा भोलि हुनेछ । सुपर फोरमा भारत, पाकिस्तान, श्रीलङ्का र बङ्लादेश छन् ।

हिजो भएको खेलमा श्रीलङ्कासँग २१ रनले पराजित बङ्लादेशको फाइनल पुग्ने सम्भावना सकिएको छ । उसले अब भारतसँग खेल्न बाँकी छ । भारत र बङ्लादेशबीचको खेल शुक्रवार हुनेछ ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update