Kath khabar
महान फुटबलर पेलेको रेकर्ड तोडे नेयमारले

 

                काठमाडौं, भदौ २४ ।  फरवार्ड नेयमारले ब्राजिलका महान फुटबलर पेलेले रेकर्ड तोडेका छन् । राष्ट्रिय टोलीका लागि ७७ गोलको कीर्तिमानी पेलेले तोडेका हुन् । पेलेले १९५७ देखि १९७१ सम्म ब्राजिलका लागि ७७ गोल गरेका थिए ।

बोलिभिया विरुद्धको विश्वकप छनोट खेलमा नेयमारले २ गोल गरे । २ गोलसँगै नेयमार पेलेलाई पछि पार्दै ब्राजिलको राष्ट्रिय टोलीका लागि सर्वाधिक गोलकर्ता बनेका हुन् ।

नेयमारले ब्राजिलका लागि ७८ गोल गर्दै कीर्तिमान बनाएका हुन् । ब्राजिलका महान फुटबल खेलाडी पेलेको गत पुसमा ८२ वर्षको उमेरमा निधन भएको थियो ।

 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update