Kath khabar
शीर्षक परिवर्तन गर्ने सहमतिसँगै चलचित्र ‘एक भगवत् गीता’ को विवाद टुंगियो

 

                     काठमाडौं, भदौ २४ । चलचित्र  ‘एक भगवत् गीता’लाई लिएर भइरहेको टुंगिएको छ । भदौ २९ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘एक भगवत् गीता’ को शीर्षक परिवर्तन गर्ने सहमतिसँगै विवाद टुंगिएको हो ।

आइतबार दिउँसो चलचित्र विकास बोर्डमा फिल्मकर्मी, फिल्मको टिम र हिन्दूवादी संस्थाका प्रतिनिधिहरुबीच भएको २ घण्टा लामो छलफलबाट सहमति जुटेको हो । फिल्मको नाम ‘एक भगवत् गीता’ बाट ‘एक भागवत र एक गीता’ राख्ने र कथा सामाजिक राख्ने सहमति भएको चलचित्र विकास बोर्डले जनाएको छ । विवाद टुंगिएसँगै यो फिल्म अब सेन्सरको प्रक्रियामा अघि बढ्ने भएको छ । चलचित्र यहि भाद्र २९ गतेदेखि हलहरुमा प्रदर्शनमा आउँदैछ ।

हिन्दू धर्मग्रन्थ ‘श्रीमद्भागवत गीता’को नाममा फिल्म बनाएको भन्दै हिन्दूवादी संस्थाहरुले आपत्ति जनाएका थिए । गीता कुनै कथा नभई सन्देशहरूको ग्रन्थ भएको कारण कथाको रूपमा गलत तरिकाले प्रस्तुत गर्न लागिएको उनीहरुको आरोप थियो । फिल्मको नाम परिवर्तनको माग राख्दै हिन्दूवादी संस्थाहरुले बोर्ड र सूचना मन्त्रालयमा निवेदन समेत बुझाएका थिए । आपत्तिपछि दुबैतर्फबीच भएको चरणवद्ध छलफलपछि विवाद टुंगिएको हो ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update