Kath khabar
वर्षाका कारण अवरुद्द भयो भारत र पाकिस्तान बीचको खेल

 

                कोलम्बो, भदौ २४ ।  एसिया कप क्रिकेट अन्तर्गत 'सुपर फोर' मा भारत र पाकिस्तान बीचको खेल वर्षाका कारण रोकिएको छ ।

श्रीलङ्काको कोलम्बोमा भइरहेको खेल वर्षाका कारण रोकिएको हो । वर्षा शुरु हुनुभन्दा अघिसम्म भारतले २४ ओभर १ बलमा २ विकेट गुमाएर १४७ रन बनाएको छ । भारतका कप्तान रोहित शर्मा ५६, शुमभन गिल ५८ रन बनाएर आउट भए । अहिले क्रिजमा विराट कोहली र केएल राहुल छन् ।

आजको खेल वर्षाले प्रभावित हुन सक्ने अवस्थामा 'रिजर्भ डे' राखिएको छ । आज खेल पूरा हुन नसकेमा भोलि हुनेछ ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update