Kath khabar
एसिया कप क्रिकेट : श्रीलङ्का ५० रनमै अल आउट

 

                कोलम्बो, भदौ ३१ ।  एसिया कप क्रिकेटको फाइनलमा भारतसँगको खेलमा श्रीलङ्काले लज्जास्पद ब्याटिङ गरेको छ ।

कोलम्बोमा टस जितेर ब्याटिङ गरेको श्रीलङ्का १५ ओभर २ बलमा ५० रन बनाउँदा अल आउट भयो । भारतका बलर सामु श्रीलङ्काली ब्याटर निरीह देखिए । श्रीलङ्काका लागि कुसल मेन्डिसले सर्वाधिक १७ र दुशन हेमन्थाले नटआउट १३ रन बनाए । यस्तै दुनिथ वेलालेगेले ८, धनन्जय डी सिल्भाले ४ र पथुन निसन्का २ रन बनाएर आउट भयो । श्रीलङ्काका ५ जना खेलाडीले १ रन पनि जोड्न सकेनन् ।

बलिङतर्फ भारतका मोहम्मद सिराजले ६ विकेट लिए । यस्तै हार्दिक पान्ड्याले ३ र जसप्रीत बुमराहले १ विकेट लिए ।

यो श्रीलङ्काका लागि एकदिवसीय दोस्रो कम योगफल हो । यसअघि सन् २०१२ मा दक्षिण अफ्रिकासँगको खेलमा श्रीलङ्का ४३ रनमा अल आउट भएको थियो । यस्तै एकदिवसीय क्रिकेटको फाइनल खेलमा यो सबैभन्दा कम योगफल हो ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update