
काठमाडौ, बैशाख २
लोकप्रिय नृत्य निर्देशक तथा म्युजिक भिडियो निर्देशक शिव बिकको स्वरमा नयाँ नेपाली गीत ’तिमी नभए’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । नेपाली म्युजिक भिडियोमा एकक्षत्र राज गरेका चर्चित निर्देशक बिकको आवाजमा सजिएको गित ’तिमी नभए’ को भिडियो आकर्षक शैलीमा निर्माण गरिएको छ । शब्द संगीत समेत शिव बिकको नै रहेको गीतमा रया्पर अमृत ल्वागुनले रया्पमा साथ् दिनुभएको छ ।
छायाँकार अर्जुन तिवारीले छायांकन गरेको भिडियोलाइ शिव बिकले कोरियोग्राफी तथा निर्देशन गर्नुभएको हो । सार्बजनिक म्युजिक भिडियोमा शिव बिक, पल शाह, दुर्गेस थापा अस्मिता जुरेली दिपासा बिसी र सरिता दान्कुटिलाइ फिचर्ड गरिएको छ । मिलन बिश्वकर्माले सम्पादन गनुभएको भिडियोलाई उषा लामा, उर्वशी बिक र उशिका बिकले निर्माण गर्नुभएको हो ।